अध्यागमन विभागले आफ्ना कार्यलयहरु मार्फत् नेपाली नागरिकको आगमन तथा प्रस्थान ब्यवस्थापन र बिदेशी नागरिकको नेपाल आगमन, प्रस्थान र उपस्थितिको नियमन गर्दछ।
अध्यागमनबाट नेपाली नागरिकलाई प्रस्थान अनुमति नदिइनुका कारणहरु
राहदानी वा भिषा जाली भएमा।
गन्तब्य मुलुकको भिषा सक्कल नभएमा वा अनलाइन verify नभएमा।
पेश गरिएका अन्य ट्राभल डकुमेन्ट जाली वा झुटो भएमा।
भ्रमणको उद्धेश्य विपरित श्रम गर्ने उद्धेश्यले बिदेश जान खोजेको पाइएमा।
जाने मुलुकको शहर वा ठाउँमा बासको बारेमा एकिन नभएमा।
भिसा पाएको मुलुकमा नभई अन्य मुलुकमा प्रवेश गर्न चाहेको बुझिएमा।
पर्यटक भिसामा जाने तर फर्कने टिकट नभएमा।
मानव तस्करी तथा बेचबिखनको जोखिममा पर्ने देखिएमा।
पछिल्लो अपडेट गरिएको : 2024-03-17 04:06:37 04:06:37